१३ पुस २०८१, शनिबार

अर्ली इलेक्सनमा एमालेको असहमति होइन : एमाले महासचिव पोखरेल


शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुको असहमति अर्ली इलेक्सनमा नभएको बताएका छन् ।

महासचिव पोखरेलले पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश एमालेको चाहना भएको बताएका छन् ।

तर विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानिय तह रिक्त बनाउदै दुरुपयोग गर्ने पाँचदलिय गठवन्धनको कुनियत प्रति भने नेकपा(एमाले)को गम्भीर असहमती रहेको उनले बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक संजालमा लेखेका छन्, “नेकपा(एमाले)को असहमती अर्लि इलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा(एमाले)को चाहना नै हो । तर विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानिय तह रिक्त बनाउदै दुरुपयोग गर्ने पाँचदलिय गठवन्धनको कुनियत प्रति भने नेकपा(एमाले)को गम्भीर असहमती रहेको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !