७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री गठबन्धनको बन्दी बनेको ईश्वर पोखरेलको आरोप


ईश्वर पोखरेल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्‍याउने चेतावनी दिँदासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेको समेत आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन चाल्न आग्रहसमेत गरेका छन् ।

उपाध्यक्ष पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, “गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन् । विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्राधार हूँ भन्ने केही बोल्छन्-बोल्दैनन्, गर्छन् गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !