४ असार २०८१, मंगलबार

पीसीआर परीक्षण निशुल्क गर्न नेविसंघको माग


नेविसङ्घ

काठमाडौं । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ ।

नेविसंघले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाइएको सकारात्मक कदमको सह्राना गर्दै पीसीआर परीक्षण पूर्ण निःशुल्क गराउन सरकार तथा स्वास्थ्य मन्त्रालयसँग माग गर्दछु’ जारी विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएर सरकारी अस्पतालमा ८०० रुपैयाँ र निजी अस्पताल तथा ल्याबहरुले १५०० रुपैयाँ शुल्क तोकेको छ । यसअघि सरकारीमा १००० रुपैयाँ र निजीमा २००० रुपैयाँ शुल्क तोकिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु