६ बैशाख २०८१, बिहिबार

पार्टीमा कुनै असहजता छैन : नेता गच्छदार


विजयकुमार गच्छदार

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले पार्टी सभापति शेरबहादुर देउवाले पहिलो चरणमा केन्द्रीय समितिमा केहीलाई मनोनित गरिसक्नुभएको प्रसङ्ग उल्लेख गरे।

अधिवेशनको दौरानमा पार्टीका कार्यकर्ता बीचमा देखिने दूरी स्वभाविक भएको र यो विस्तारै कम हुँदै जाने गच्छदारले विश्वास व्यक्त गरे । पार्टीमा स्थानीय तहदेखि केन्द्रसम्म स्वस्थ प्रतिस्पर्धा भएकोले केही उतार चढाव हुनु स्वभाविक हो भन्दै यसलाई आफूले पनि स्वाभाविक रुपमा लिएको स्पष्ट गरे ।

गच्छदारले आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्नुपर्ने धारणा पनि राखे । उनले तीनै तहको निर्वाचन एकै पटक वा अलग अलग गर्ने भन्ने विषयमा निर्वाचन आयोगले तयारी गरिरहेको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !