१३ बैशाख २०८१, बिहिबार

एमाले डोटीको अध्यक्षमा मल्ल विजयी


चक्रबहादुर मल्ल

डोटी । नेकपा (एमाले) डोटीको जिल्ला अध्यक्षमा चक्रबहादुर मल्ल बिजयी भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका मल्ल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

यसैगरी उपाध्यक्ष मञ्जु मलासी, सचिव शेरबहादुर मल्ल, उपसचिव कृष्णबहादुर खडका, तेजबहादुर डुम्रेलले जिम्मेवारी प्राप्त गरेको (नेकपा) एमालेले जनाएको छ ।

अधिवेशनमा मूल आयोजक कमिटीका १४८ तथा यहाँका नौवटै वडाबाट छनोट गरिएका ३८६ र मनोनित २७ जना गरी कूल ४१३ प्रतिनिधि सहभागी थिए । अधिवेशनका लागि जिल्लाका नौवटै पालिकाबाट अधिकांश प्रतिनिधि सहभागी रहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !