७ मंसिर २०८१, शुक्रबार

सहकारीहरु ऐन नियमभन्दा बाहिर जाँदा जनताको विश्वास गुमाउन थालेको गएको मन्त्री श्रेष्ठको दावी


shashi

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु ऐन नियमभन्दा बाहिर गएको आरोप लगाएकी छन् ।

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को ११ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले सहकारीहरु ऐन नियमभन्दा बाहिर जाँदा जनताको विश्वास गुमाउन थालेको बताएकी छन् ।

मन्त्री श्रेष्ठले सहकारीहरु सहकारी सिद्धान्तअनुसार नचलेको टिप्पणी गरिन् । केही सहकारीले बदमासी गर्दा सिङ्गो सहकारी क्षेत्रमा असर परेको भन्दै उनले एकै घरमा धेरै सहकारीका बोर्ड राख्नु भन्दा मर्जरमा जानु उचित हुने सुझाव दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !