६ जेष्ठ २०८१, आइतबार

राष्ट्रियसभामा १९ पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

संघीय संसद्मा प्रतिनिधित्व गर्ने नै राजनीतिक दलका मात्र उम्मेदवार


निर्वाचन आयोग

काठमाडौँ । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने १९ पदमा निर्वाचनका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने नै राजनीतिक दलका ४३ उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी परेको हो । आयोगका अनुसार उम्मेदवारी मनोनयन दर्ताको सूची यस प्रकार छ :

 राष्ट्रियसभा निर्वाचन

निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !