१३ बैशाख २०८१, बिहिबार

एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद्बीच आज पार्टी एकता हुँदै


एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद्बीच पार्टी एकता

काठमाडौं । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच आज पार्टी एकता हुँदैछ । आज शुक्रबार दिउसो १ बजे होटेल अर्याल काठमाडौँमा एक कार्यक्रम आयोजना गरी पार्टी एकीकरणको घोषणा हुन लागेको हो ।

साध्यबहादुर भण्डारी अध्यक्ष रहेको परिषद् राष्ट्रिय जनमोर्चाबाट बिभाजन भएर गठन भएको पार्टी हो । यसअघि एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच पुस १३ गते पार्टी एकता भएको थियो ।

अहिले बिभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा आउँनेको लहर बढेको छ । एकीकृत समाजवादी स्रोतका अनुसार भविष्यमा एमाले परित्याग गरेर एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि केही नेताहरु छलफलमा रहेको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !