२ जेष्ठ २०८१, बुधबार

माओवादी महाधिवेशनको बन्दसत्रमा एमसीसीको चर्को विरोध


माओवादीको बन्दसत्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको जारी बन्दसत्रमा एमसीसीको चर्को विरोध भएको छ । काठमाडौँको प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी बन्दसत्रमा आज बुधबार सल्लाहकार ‘ख’ को टोली नेता रामनारायण बिडारीले पहिलो रिर्पोटिङको रुपमा आफ्नो धारणा राख्दै एमसीसीको विरोध गरेका हुन् ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूह विभाजन गरेर भएको छलफलपछि निस्किएको निचोड प्रस्तुत गर्ने क्रममा बिडारीले एमसीसीको विरोध गरेका हुन् । बिडारीले पार्टीको नीति नो एमसीसी हुनुपर्नेमा जिकिर गरेका छन् ।

उनले प्रचण्डको प्रतिवेदनको प्रसंशा गरेपनि केही विषयमा भने थप स्पष्टता चाहिने उल्लेख गरेका छन् । एमसीसी संशोधन गरेर पारित गर्नपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको बताउँदै बिडारीले एमसीसी पारित गर्नै नहुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !