काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।
सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।