७ मंसिर २०८१, शुक्रबार

अध्यक्ष नेपालको टिप्पणी: संसदमा मेरो उपस्थितिले ओलीको सातो गएको छ


माधवकुमार नेपाल फाइल फोटो

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले केपी शर्मा ओलीको सातो गएको बताएका छन् । अध्यक्ष नेपालले गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलामा बोल्दै यस्तो बताएका हुन् ।

उनले आफूले प्रशिक्षण भेलालाई पनि समय दिनुपर्ने, संसद बैठकमा पनि जानुपर्ने दबाव रहेको बताए । आफू नभा’को मौका पारेर ओली छिर्न सक्ने उनले बताए।

“कमसेकम मेरो उपस्थितिले केपी ओलीको संसदमा सातो गइराछ नि ! सातो जाओस्, केही मतलब छैन । नेपाली जनताको सातो कायम हुनुपर्छ,”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !