१३ बैशाख २०८१, बिहिबार

गृहमन्त्री खाँणले भने- एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो


बालकृष्ण खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको दावी गरेका छन् । गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा सुरु भएको बताएका छन्।

मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए । यो नेपालको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएको बताए।

‘नेपाल सरकार र एमसीसी परियोजनाको बीचमा धेरै वर्षअगाडि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो ।’, उनले भने । गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋण नभई निःसर्त अनुदान भएको स्पष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !