११ मंसिर २०८१, मंगलबार

अब एक दिन पनि थाक्ने र चुक्ने सुविधा छैन : महामन्त्री गगन थापा


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने बताएका छन् ।महामन्त्री थापाले पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै थापाले आफूलाई एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताए ।

उनले यो मतप्रति आफूले न्याय गर्नुपर्ने र आफुसँग एक दिन पनि चुक्ने सुविधा नभएको बताए। उनले एक दिन पनि थाक्ने सुविधा नभएको र आफू अझै इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्ने दावी गरे ।

आफूले महामन्त्रीको हैसियतले सभापतिलाई काम गर्न बल र तागत पुर्‍याउने भन्दै गल्ती गर्न लागे घचघच्याउने महामन्त्री थापाले बताए । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत परिणामअनुसार गगनले ३०


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !