१० मंसिर २०८१, सोमबार

विशाल भट्टराईसहित ४४ केन्द्रीय सदस्यले लिए शपथ


विशाल भट्टराई

काठमाडौं । नेकपा एमालेका मनोनित ४४ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक नेताका अनुसार बुधबार अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई शपथ दिलाएका हुन् । शपथ लिएमा मेडिकल सञ्चालक दुर्गा प्रसाईं समेत छन् ।

४४ केन्द्रीय सदस्यहरु विशाल भट्टराई, लालबाबु पण्डित, दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला र उद्धव रेग्मी रहेका छन्।

त्यस्तैगरी बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र ​विषमलाल अधिकारी रहेका छन् ।

महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्कीले शपथ लिएका छन् ।​


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !