१२ आश्विन २०८१, शनिबार

ओलीले देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गर्दैछन् : पौडेल

पौडेल भन्छन्- ओलीले संसद अवराेध गरेर विघटन सहि थियाे भनेर सिद्ध गराउन खोज्दैछन्


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन सहि थियाे भनेर सिद्ध गराउने र देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गरिरहेको आरोप लगाएका छन् ।

सामाजिक संजाल फेसबुकमा आज बिहान लेख्दै नेता पौडेलले ६ महिनाकाे समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनाै दिनदेखि संसद अवराेध गरेर विघटन सहि थियाे भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास जारी राखेको आरोप लगाएका हुन् ।

उनले संसद चलाउछु र संसदबाटै सबै निकास खाेज्छु भनेर आएकाे सरकारले पनि संसद सुचारू गराएर देशलाई लाेकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्याे भने ओलीकाे नियतीका सामु सर्मपर्ण गरेकाे ठर्हरिनेतर्फ पनि सरकारलाई सचेत गराएका छन् ।

उनले राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आम नागरिककाे ध्यानाकर्षण समेत गरेका छन् । यो देशलाई प्रयाेगै प्रयाेगकाे थलाे बनाएर थिलथिलाे पार्ने षड्यन्त्र भएको उनको निष्कर्ष रहेको छ । उनले समावेशी संसदीय प्रणाली नै सिद्द्याउन खोजिएको देखिएको संकेत समेत गरेका छन् ।

यस्तो छ पौडेलले निकालेको विज्ञप्ति

६ महिनाकाे समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनाै दिनदेखि संसद अवराेध गरेर विघटन सहि थियाे भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन् ।

संसद चलाउछु र संसदबाटै सबै निकास खाेज्छु भनेर आएकाे सरकारले पनि संसद सुचारू गराएर देशलाई लाेकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्याे भने ओलीकाे नियतीका सामु सर्मपर्ण गरेकाे ठर्हनेछ ।

राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन आम नागरिककाे ध्यानाकर्षण गर्दछु । देशलाई प्रयाेगै प्रयाेगकाे थलाे बनाएर थिलथिलाे पार्ने षड्यन्त्र हाे यो । समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिन्छ ।

रामचन्द्र पाैडेल
२९ मंसिर २०७८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !