९ असार २०८१, आइतबार

लैनचौर चियापानमा पौडेल र देउवाबिरुद्ध चर्को नाराबाजी


शेर बहादुर देउवा र रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा पौडेल र काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाबिरुद्ध चर्को नाराबाजी भएको छ ।

काठमाडौँको लैनचौरस्थित लैनचौर पार्टी प्यालेसमा पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री समेत रहेका देउवाको अचानक इन्ट्री भएको छ । पौडेललाई मनाउन देउवा त्यहाँ पुगेका हुन् ।

सोही क्रममा नेता पौडेलले विवेक पुर्‍याएर मतदान गर्न आग्रह गरेतापनि कसैको पक्षमा पनि नउभिएपछि उनीविरुद्ध महाधिवेशन प्रतिनिधिले नाराबाजी समेत गरेका थिए । यसअघि कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै नेता पौडेलविरुद्ध ‘हुटिङ्’ भएको छ ।

कांग्रेसका वरिष्ठ पौडेलले आयोजना गरेको चियापनमा देउवाविरुद्ध पनि नाराबाजी भएको छ । देउवा चियापनस्थलमा प्रवेश गर्नेबित्तिकै नाराबाजी भएको थियो । पौडेलले देउवालाई मञ्चसम्म पुर्‍याए पनि नाराबाजी जारी रहेको थियो ।

तर, सभापतिका अर्का उमेदवार शेखर कोइराला कार्यक्रमस्थलमा प्रवेश गरेपछि भने नाराबाजी रोकियो । लैनचौरमा नेता पौडेलले महाधिवेशन प्रतिनिधिहरुका लागि चियापान आयोजना गरेका थिए ।

काँग्रेस सभापतिला लागि दोस्रो चरणको मतदान हुनुअघि देउवा वा डा. शेखर कोइराला कसलाई मतदान गर्ने भन्ने बारेमा निर्णय गर्न पौडेलले चियापान समारोह आयोजना गरेका हुन् ।

यो पनि पढ्नुहोस्

रामचन्द्रले आयोजना गरेको चियापानमा देउवाको अचानक ‘इन्ट्री’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !