१२ असार २०८१, बुधबार

देउवाले बहुमत ल्याएनन्, देउवालाई ८२ मत पुगेन, कोइरालालाई ६११ मत


शेरबहादुर देउवा र डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् ।

सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सभापतिमा देउवाले बहुमत ल्याउन २३४० मत ल्याउनुपर्नेमा देउवालाई ८२ मत पुगेन भने कोइरालालाई ६११ मत नपुगेको हो ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा ४७४३ मतदातामध्ये ४६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

यो पनि पढ्नुहोस्

काँग्रेस सभापतिको मतगणनामा देउवाले पाए २२५८ र कोइरालाले १७२९ मत

काँग्रेस सभापतिमा कसैले पनि बहुमत ल्याएनन्, दोस्रो चरणको मतदान हुने

काँग्रेस सभापतिको मतगणना सकियो, कसैले पनि ५० प्रतिशत प्राप्त गर्न सकेनन्

४१७४ मत गन्दा देउवाले प्राप्त गरे १९९५ मत, अब ५०० मत गन्न बाँकी

देउवाको अग्रता कायमै, ३१८१ गन्दा देउवाको १७९८, कोइरालाको १४१३ मत

देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत प्राप्त

आधा मतगणना हुँदा देउवाको अग्रता कायमै, कसले कति मत ल्याए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !