१२ आश्विन २०८१, शनिबार

काँग्रेस सभापतिका उम्मेदवार न्यौपानेद्वारा मनोनयन फिर्ता, शेखरलाई समर्थन गर्ने


युवराज न्यौपाने

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दिएका साहसी यूवा युवराज न्यौपानेले मनोनयन फिर्ता लिएका छन् । उनले मनोनयन फिर्ता लिएसंगै कांग्रेस सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्ने भएका छन् ।

कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत हिजो मनोनयन दर्ताको कार्यक्रम अनुसार राष्ट्रियसभागृहस्थित मनोनयनस्थल पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । उनले मनोनयन फिर्ता लिएपनि काँग्रेसमा यूवाले नेतृत्वको दावी गर्न असहज भईरहेका बेला प्रतीकात्मक रुपमा न्यौपानेको सभापतिमा उम्मेदवारी दर्ताले सकारात्मक सन्देश अवश्य गएको छ ।

न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । कांग्रेसमा नेतृत्व परिवर्तनको एजेण्डा उठेपनि अहिले देखिएका उम्मेदवारहरुले कांग्रेस परिवर्तनको एजेण्डा आत्मसात गर्न नसकेको भन्दै न्यौपानेले उम्मेदवारी दिएको बताएका थिए । न्यौपानेले पार्टीमा बारम्बार परीक्षण भइसकेका अनुहारलाई फेरि अवसर दिन नहुने बताएका थिए ।

वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतका नेताले युवा उमेरमै कांग्रेस स्थापना गरेको स्मरण गराउँदै न्यौपानेले अब पनि कांग्रेसमा युवापुस्ताले नै नेतृत्व गर्नुपर्ने बताएका थिए। आफ्नो उम्मेदवारीलाई हलुका ढंगले नलिन आग्रह गर्दै न्यौपानेले पार्टीभित्र नेतृत्व परिवर्तन, रुपान्तरण र नयाँ पुस्ताको सरोकार समेट्न आफूले उम्मेदवारी दिएको उनले बताएका थिए ।

उनले आफूलाई युवा महाधिवेशन प्रतिनिधिको साथ र सहयोग रहने पनि बताएका थिए । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई अब अभिभावक भएर बस्न उनले आग्रह गरेका थिए । यद्यपि उनले आफूले उम्मेदवारी फिर्ता नलिने पनि उनले बताएका थिए ।

यो पनि पढ्नुहोस्

कांग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी दर्ता, कसले मार्ला बाजी ?

को हुन् काँग्रेस सभापतिमा उम्मेदवारी दिने साहसी यूवा युवराज न्यौपाने ?

युवराज न्यौपानेद्वारा काँग्रेस सभापतिमा उम्मेदवारी दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !