काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि उमेदवारी घोषणा गरेका छन् ।
शुक्रबार बिहान नेता रिजालले कांग्रेस नेतृत्वमा पुरानै अनुहार लिएर चुनावमा जाँदा जनताले नपत्याउने बनाउंदै उनले उमेदवारी घोषणा गरेका हुन् ।
उनले पुरानै अनुहार लिएर चुनावमा जाने निर्णय कांग्रेसका लागि घातक हुन सक्ने बताए । उनले सहज रूपमा मुलुकलाई आम निर्वाचनसम्म पुर्याउनु वर्तमान सरकारको अभिभारा भएको पनि बताए ।