२ कार्तिक २०८१, शुक्रबार

रमेश खरेलको नेपाल सुशासन पार्टीको घोषणा आज हुँदै


रमेश खरेल फाइल फोटो

काठमाडौं । पूर्वडीआईजी रमेश खरेलको नेतृत्वमा रहेको नेपाल सुशासन पार्टी घोषणा आज हुँदैछ । खरेलले आज शुक्रबार साढे २ बजे अनामनगरमा एक कार्यक्रम गरेर पार्टीको घोषणा गर्न लागेका हुन् ।

राजीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको भन्दै खरेलले सुशासन पार्टी गठन गर्न लागेको बताएका छन् । पार्टी गठन गर्नुअगावै उनले संयोजकको हैसियतामा निमन्त्रणा पत्रमा हस्ताक्षर गरेका छन् ।

यद्यपि उनको पार्टीमा अन्य कोको आबद्ध हुँदैछन् भन्ने खुलाइएको छैन । केही समय अघिदेखि नेपाल सुशासन अभियानका रूपमा सक्रिय खरेलले आफ्ना समर्थकसहित भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने बताउदै आएका छन् ।

केही समयअघि खरेलले नयाँ पार्टीको विचार, नीति र सिद्धान्तबारे आमरुपमा छलफल गर्ने बताएका थिए । सो विचार, नीति र सिद्धान्तबारे जनतालाई जानकारी दिएपछि पार्टी स्थापनाको प्रक्रियामा जाने बताएका थिए । यो रहरले नभएर बाध्यताले गर्दा पार्टी स्थापनामा जुटेको उनले बताए ।

यस्ता राजनीतिक बेइमानी र भागबण्डा, भ्रष्टाचारलाई जनताले कहिले पनि समर्थन नगरेको उनले बताएका थिए । राम्रा मान्छे एकजुट हुने हो भने पाँच वर्षमा देश कायापलट हुने उनले बताए । उनले यस्ता कुशासनविरूद्ध आफू सधैं संविधानले दिएको अधिकार अनुसार शान्तिपूर्वक लाग्ने बताए ।

सर्वेन्द्र खनाललाई सरकारले प्रहरी महानिरीक्षक बनाएपछि उनले डिआइजी पदबाट राजीनामा दिएका थिए । नेपाल प्रहरीको महानिरीक्षक बन्न नसकेपछि उनले २८ चैत २०७४ मा प्रहरी संगठनबाट राजीनामा दिएका थिए ।

यो पनि पढ्नुहोस्

पूर्व डीआईजी रमेश खरेलले गरे नयाँ पार्टी गठन गर्ने घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !