८ बैशाख २०८१, शनिबार

पूर्व डीआईजी रमेश खरेलले गरे नयाँ पार्टी गठन गर्ने घोषणा


रमेश खरेल फाइल फोटो

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन् । आज आइतवार रत्नपार्कस्थित शान्तिबाटिकामा उनले पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गर्ने घोषणा गरेका हुन् ।

केही समय अघिदेखि नेपाल सुशासन अभियानका रूपमा सक्रिय खरेलले आफ्ना समर्थकसहित भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने पत्रकारहरुसँग बताए । खरेलले नयाँ पार्टीको विचार, नीति र सिद्धान्तबारे आमरुपमा छलफल गर्ने बताए ।

सो विचार, नीति र सिद्धान्तबारे जनतालाई जानकारी दिएपछि पार्टी स्थापनाको प्रक्रियामा जाने बताए। यो रहरले नभएर बाध्यताले गर्दा पार्टी स्थापनामा जुटेको उनले बताए । यस्ता राजनीतिक बेइमानी र भागबण्डा, भ्रष्टाचारलाई जनताले कहिले पनि समर्थन नगरेको उनले बताए

राम्रा मान्छे एकजुट हुने हो भने पाँच वर्षमा देश कायापलट हुने उनले बताए । उनले यस्ता कुशासनविरूद्ध आफू सधैं संविधानले दिएको अधिकार अनुसार शान्तिपूर्वक लाग्ने बताए । सर्वेन्द्र खनाललाई सरकारले प्रहरी महानिरीक्षक बनाएपछि उनले डिआइजी पदबाट राजीनामा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !