८ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रले बढायो प्रदेश पदाधिकारीको संख्या, अब कति ?


माओवादी स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । माओवादी केन्द्रले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो ।

बिहीबार बसेको स्थायी समितिको बैठकले गरेको निर्णय अनुसार प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् । एक नेताका अनुसार बैठकले प्रदेश समितिको आकार पनि बढाएको छ ।

एक नेताका अनुसारप्रदेश १ मा २६९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बनीमा २५३, कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !