८ बैशाख २०८१, शनिबार

नेपाली काँग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात


विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । आज बसेको केन्द्रीय समितिको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनले सो मौज्दात देखाएको शर्माले बताए ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले बैठकले आर्थिक प्रतिवेदनसहित महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको जानकारी गराए ।

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पनि आफ्नो प्रतिवेदन पेस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !