७ बैशाख २०८१, शुक्रबार

वागमती प्रदेशमामात्रै ३८ उम्मेदवार


शेरबहादुर देउवा फाइल फोटो

मकवानपुर । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । स्रोतका अनुसार वागमती प्रदेशबाट मात्रै महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा ३८ जनाले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

संस्थापन पक्षबाट महामन्त्रीमा डा. प्रकाशशरण महत, सहमहामन्त्रीमा महिला तर्फबाट डीना उपाध्याय, जनजाति तर्फको सहमहामन्त्रीमा बहादुरसिंह लामा र जनजातीमै मोहन बहादुर बस्नेतले उम्मेद्वारी दिने घोषणा गरेका हुन् । केन्द्रीय सदस्य पदका लागि ३४ जनाले उम्मेदवारी दिने प्रचार गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !