काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापति उम्मेदवारको दाबी छोडेका छन् । आज मंगलबार दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको रामचन्द्र पौडेल पक्षीय नेताहरूको बैठकमा कोइराला सभापतिको दाबी छोडेका हुन् ।
कोइरालाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफू सभापतिमा दावी छाड्न तयार भएको बताएका हुन् । बैठकमा उनले सबभन्दा पपुलर आफू भएको दाबी गरेका थिए ।
साझा उम्मेदवार दिन नसक्ने हो भने हार्ने भएकाले सभापतिमा दाबी छाड्न आफू तयार उनले बताए । तर शेखर कोइराला र प्रकाशमान सिंह भने सभापतिको दाबी छाड्ने पक्षमा नरहेको कोइरालाको भनाइ छ ।
पौडेल पक्षको भोलि बिहान ९ बजे आफू पक्षीय केन्द्रीय सदस्य, निर्वाचित जिल्ला सभापति, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्यासीसहितको बैठक बस्ने र सो बैठकले साझा उम्मेदवार तय गर्ने नेता भएको छ ।