काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापन इतर समूहबाट आफू सभापतिको उम्मेदवार बन्ने बताएका छन् । उनले आफू सर्वसम्मत सभापतिको उम्मेदवार चयन हुने बताएका हुन् ।
उनले आफू स्वाभाविक उम्मेदवार भएको कारण पार्टीमा सभापति बन्ने पालो आएको बताए । उनले आफूले नेतृत्व पाए काँग्रेसलाई बलियो बनाउने सक्ने दावी गरे ।
उनले आफू नेचुरल क्यान्डिेट भएको र आफू नै अर्डिनरी वर्करदेखि लिएर विभिन्न पदमा बसेर, लामो समयसम्म पार्टीको विभिन्न जिम्मेवारी बहन गरिसकेको बताए।