७ बैशाख २०८१, शुक्रबार

राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै


कमल थापा र राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । आज बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षका लागि उम्मेदवारी हिजो दर्ता गराएका थिए । भृकुटीमण्डपस्थित पार्टीको निर्वाचन समितिको कार्यालय पुगी थापा र लिङ्देन दुवैले हिजो आ-आफ्नो प्यानलसहित दर्ता गराएका थिए ।

अध्यक्षका उम्मेदवार थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार रहेका छन् भने महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही रहेका छन् ।

यस्तै लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बनेका छन् । महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार छन् ।

यद्यपि उपाध्यक्षमा विक्रम पाण्डे भने दुवै प्यानलका साझा उम्मेदवार बनेका छन् । राप्रपाको एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गरएका छन् ।

महाधिवेशनबाट १ जना अध्यक्ष, ४ जना उपाध्यक्ष, ३ जना महामन्त्री गरी ८ जना पदाधिकारीसहित उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा १ जना महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी ४ जना उपाध्यक्ष, ३ जना महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्नेछ । बन्दसत्रमा प्रस्तुत भएका सामाजिक, आर्थिक र राजनीतिक प्रस्तावका साथै संशोधित विधान पारित भएकोे जनाइएको छ ।

राप्रपाको सदस्य पदमा १९६ जनाको उम्मेदवारी परेपनि १४१ जना चुनिनेछन् । राप्रपामा नयाँ नेतृत्व चयनका लागि मतदान भने आज बिहान हुने बताइएको छ । अध्यक्ष पदका लागि कागजी मतपत्र र अरू पदका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग हुने भएको जनाइएको छ ।

उम्मेदवारी दर्ताबाट करिब ५० लाख सङ्कलन भएको जनाइएको छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । देशभरबाट ४७०० प्रतिनिधि छनोट भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !