१२ बैशाख २०८१, बुधबार

एमालेले निष्कासन गरेका नेतालाई राखेमा संसद् चल्न नदिने ओलीको चेतावनी


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका पुनः निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमालेले निष्कासन गरेका नेतालाई राखेर संसद् चलाएमा बैठक चल्न नदिने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले एमालेले निकालेका व्यक्तिलाई संसदमा स्वीकार गर्न नसकिने स्पष्ट परेका हुन् ।

चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका ओलीले आज शुक्रबार पार्टी कार्यालयमा पुगेर दोस्रोपटक पदबहाली गर्दै अध्यक्ष ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गरेका हुन् ।

वर्तमान देउवा सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी दिएका हुन् । यस्ता गतिविधिले देश चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्ने बताए ।

अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने जिकिर गरेका हुन् । अध्यक्ष ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !