५ जेष्ठ २०८१, शनिबार

सर्वोच्च अदालतमा फेरि सुनुवाइ प्रभावित


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतमा फेरि न्यायिक नेतृत्वको अन्योलताका कारण मुद्दाको सुनुवाइ प्रभावित भएको छ ।

गोला प्रणालीबाट पेशी तोकेपछि मुद्दाको सुनुवाइ नियमित हुने अपेक्षा गरिए पनि न्यायिक नेतृत्वको अन्योलताका कारण मुद्दाको सुनुवाइ प्रभावित भएको हो।

बुधबार अदालतमा गोला प्रक्रियाबाट पेशी तोके पनि कानुन व्यवसायीले प्रधानन्यायाधीको जिम्मेवारीमा को रहेको भनी प्रश्न उठाएपछि बुधबार र बिहीबार मुद्दाको सुनुवाइ हुन नसकेको हो ।

विहीबार कानून व्यवसायीहरुसँगको छलफलका कारण सर्वोच्च अदालतमा मध्यान्हसम्म पनि पेशी सूची प्रकाशित हुन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !