३ असार २०८१, आइतबार

प्रधानमन्त्री देउवाले भने, “आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार तयार”


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार तयार रहेको बताएका छन् । कोभिड- १९ को महामारी नसकिए पनि सरकार सामान्य अवस्थातिर आउँदै गरेको बताए ।

आर्थिक पत्रकार समाज (सेजन)को कार्यक्रममा उनले भने, ‘अब आर्थिक पुनरूत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध छ । मुलुकमा लगानीको वातावरण बनाइने छ ।’

मुलुकमा दोस्रो चरणको सुधार आवश्यक रहेको भन्दै उनले प्रजातन्त्रको स्थापनापछि मुलुकमा आर्थिक क्षेत्रमा खुला बजार नीतिको शुरूआत भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !