७ जेष्ठ २०८१, सोमबार

पर्यटनमन्त्री प्रेम आले माइक्रोबसमा यात्रुसँगै यात्रा


प्रेम आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले माइक्रोबसमा यात्रा गरेका छन् । सचिवालयका अनुसार बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् ।

रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् । विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !