१५ बैशाख २०८१, शनिबार

कांग्रेस महाधिवेशन: बर्दिया सभापतिमा राठौर विजयी


नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस बर्दिया जिल्ला सभापतिमा अरुणप्रकाश सिंह राठौर विजयी भएका छन् । राठौरले भुवनेश्वर चौधरीलाई पराजित गरेका हुन् ।

स्रोतका अनुसार राठौरले ८८० मत प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी चौधरीले ६७८ मत पाएका हुन् । उनी शेरबहादुर देउवा समूहबाट उम्मेदवार हुन् भने चौधरी रामचन्द्र पौडेल समूहका उम्मेदवार हुन् ।

पदाधिकारीसहित कार्यसमितिमा राठौर प्यानल विजयी भएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !