१३ बैशाख २०८१, बिहिबार

एमालेको निर्वाचन सकिएपछि योगेशले भने- मत दिनु नदिनु भनेर पर्चा बाँडिएको छैन


CPNUML_Nekapa Emale Election 4

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रचार-प्रसार समितिका संयोजक योगेश भट्टराईलाई कुनै उम्मेदवारलाई मत दिनु नदिनु भनेर पर्चा बाँडिएको बारे आफूलाई थाहा नभएको दावी गरेका छन् ।

एमालेमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सकिएपछि संचारकर्मीसँग कुरा गर्दै भट्टराईले कुनै उम्मेदवारको पक्ष र विपक्षमा पर्चा बनाइएकोबारे आफूलाई जानकारी नभएको र मतदानस्थलमा त्यस्तो पर्चा नभेटेको दाबी गरे ।

एमालेको अध्यक्षमा उम्मेदवारी दिएका नेता डा. भीम रावलले चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचारसंहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्य भएको भन्दै आपत्ति जनाएका थिए ।

एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान प्रक्रिया अध्यक्षका अर्का उम्मेद्वार रावललाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताले उर्दी जारी गरेका थिए ।

अध्यक्षमा उम्मेद्वारी दिएका रावलसहितका नेताहरूको नामावली निकालेर ओली समूहका कार्यकर्ताले भोट नहाल्न आग्रह गर्दै पर्चा बाँडेका थिए । अध्यक्ष ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरिएको थियो ।

लिस्टमा ओली पक्षलाई भोट हाल्न भनिएको छ भने रावल पक्षलाई नहाल्न आग्रह गरिएको थियो । लिस्टमा ओलीले यसअघि बन्दसत्रमा सर्वसम्मतीका लागि प्रस्तुत गरेको नामावलीमा भोट हाल्न भनिएको थियो । सूचीमा ओलीले यसअघि बन्दसत्रमा बाचन गरेको नामावलीमा भोट हाल्न सूचित गरिएको थियो ।

यो पनि पढ्नुहोस्

भीम रावलको आपत्ति : पर्चा बाँड्नेको विरोध गर्नेमाथि जाइलाग्ने कार्य भयो

रावल पक्षलाई भोट नहाल्न एमाले प्रतिनिधिहरुलाई ओली पक्षको उर्दी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !