८ बैशाख २०८१, शनिबार

रावल पक्षलाई भोट नहाल्न एमाले प्रतिनिधिहरुलाई ओली पक्षको उर्दी


एमाले महाधिवेशन : मतदान राति ११ बजेपछि शुरु हुने

सौराहा । चितवन जिल्लाको पर्यटकीय नगरी सौराहामा जारी नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान प्रक्रिया अध्यक्षका अर्का उम्मेद्वार भीम रावललाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताले उर्दी जारी गरेका छन् ।

अध्यक्षमा उम्मेद्वारी दिएका भीम रावलसहितका नेताहरूको नामावली निकालेर ओली समूहका कार्यकर्ताले भोट नहाल्न आग्रह गर्दै पर्चा बाँडेका हुन् । अध्यक्ष ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरेको हो ।

लिस्टमा ओली पक्षलाई भोट हाल्न भनिएको छ भने रावल पक्षलाई नहाल्न आग्रह गरिएको छ । लिस्टमा ओलीले यसअघि बन्दसत्रमा सर्वसम्मतीका लागि प्रस्तुत गरेको नामावलीमा भोट हाल्न भनिएको छ । सूचीमा ओलीले यसअघि बन्दसत्रमा बाचन गरेको नामावलीमा भोट हाल्न सूचित गरिएको छ ।

भोट हाल्नका लागि लाइनमा बसेका मतदातालाई अध्यक्षका उम्मेद्वार भीम रावल, उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसाल, सचिवका उम्मेद्वार टंकप्रसाद कार्की र भीम आचार्य लगातको नाम निकालेर बाढेका हुन् ।

हेर्नुहोस् यस्तो छ भोट नहाल्ने नामावली

हेर्नुहोस् यस्तो छ भोट नहाल्ने नामावली हेर्नुहोस् यस्तो छ भोट नहाल्ने नामावली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !