१२ पुस २०८१, शुक्रबार

एमाले महाधिवेशन : मतदान राति ११ बजेपछि शुरु हुने


एमाले महाधिवेशन : मतदान राति ११ बजेपछि शुरु हुने

भरतपुर । नेकपा (एमाले) को दशौँ महाधिवेशनको निर्वाचनका लागि मतदान आज राति ११ बजेपछि मात्रै शुरु हुने भएको छ । यसअघि ९ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक भएको थियो ।

कार्यतालिका अनुसार दिउँसो ३ बजेनै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो । अन्तिम नामावली तयार भएपछि विद्युतीय भोटिङ मेसिन (ईभीएम) को प्रणालीमा अपडेट गरिनेछ । उम्मेदवारको नामावली ईभीएममा प्रविष्ट गर्न कम्तीमा ३ देखि ४ घण्टा लाग्ने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

सहमतिका लागि उम्मेदवारी फिर्ता गराउन नेता जुटेका छन् । अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी सचिवमा पनि सात जनाको पदमा ९ जनाको उम्मेदवारी परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !