५ आश्विन २०८१, शनिबार

एमालेमा दुई भाई पोखरेलले बाजी मारे वरिष्ठ उपाध्यक्ष र महासचिव पद


ईश्वर पोखरेल र शंकर पोखरेल

सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मरेका छन् । एमालेको जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध पदाधिकारी चयन भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले ती पदहरूमा उनीहरूको नाम प्रस्ताव गरेका थिए । मनोनयन दर्ताको समय सकिँदासम्म ती पदमा अरू कसैको उमेदवारी नपरेको एमाले केन्द्रीय निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।

सर्वाधिक पेचिलो बनेको वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा पोखरेलद्वयले बाजी मारेका हुन् । लामो रस्साकस्सीपछि एमालेले यी दुई पदमा सर्वसम्मत निर्विरोध पदाधिकारी चयन भएका हुन् ।

यसअघि वरिष्ठ उपाध्यक्ष पदमा सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेलले दावी नछोड‍ेपछि मुख्य पदमा सहमति जुटाउन ओलीलाई सकस देखिएको थियो । हिजोको बन्दसत्रले अध्यक्ष ओलीलाई सर्वसम्मतिमा पार्टीको भावी नेतृत्वको नाम पेश गर्ने सर्वाधिकार दिएको थियो ।

यो पनि पढ्नुहोस्

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध

एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध

एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मार्ने संकेत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !