१३ बैशाख २०८१, बिहिबार

एमाले महाधिवेशन: केन्द्रीय सदस्यमा विशाल भट्टराईको उम्मेदवारी घोषणा


बिशाल भट्टराई

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजवाट उदघाटन हुँदैछ । पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास जारी रहेको नेपाल पत्रलाई जानकारी दिए।

नेपाल पत्रका समाचार सम्पादक राम मगरसँग कुरा गर्दै नेता भट्टराईले पार्टीको नेतृत्व सकेसम्म सर्वसम्मत चयन गर्ने प्रयास जारी रहेको बताए।

आफूले अहिलेसम्म कुनै पदमा उम्मेदवारी घोषणा नगरे पनि सर्वसम्मत नेतृत्व चयन नभए आफू पुन: केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नेता भट्टराईले जानकारी दिए।

महाधिवेशन समारोहमा ६ जना नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ । उदघाटन समारोहलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।

त्यस्तैगरी एमाले महाधिवेशनको उदघाटन समारोहलाई जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् । एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले मात्र सम्बोधन गर्ने छ ।

नेकपा एकीकृत समाजवादीका नेताहरुलाई भने एमालेले महाधिवेशनमा निम्तो दिएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !