१३ बैशाख २०८१, बिहिबार

निधिले मंसिर २१ गते प्यानलसहित उम्मेदवारी दर्ता गर्ने


विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आगामी मंसिर २१ गते प्यानलसहित महाधिवेशनका लागि उम्मेदवारी दर्ता गर्ने भएका छन् । आज निधिले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट उनले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी किन भनेर २३ बुँदे प्रतिवद्धतापत्र पनि सार्वजनिक समेत गरेका छन् ।

उनले लोकतन्त्र प्राप्तिका लागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै आफूले जेलनेलको लामो शृङ्खला अनुभव गरेको बताए । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा आफुले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको निधिले बताए ।

निधिले आफू सभापति बने आगामी निर्वाचनमा कांग्रेसलाई जनमतबाट एक नम्बर पार्टी बनाउने पनि उद्घोष गरेका छन् । उनले नेपाली कांग्रेसमा रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरणको प्रणाली लागु गर्ने पनि बताएका छन् ।

यो पनि पढ्नुहोस्

काँग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !