८ बैशाख २०८१, शनिबार

एमाले महाधिवेशन : अतिथीको रुपमा भाजपाका दुई नेता सहभागी हुने


डा. हर्षवर्धन

काठमाडौं । भारतीय जनता पार्टीको तर्फबाट पूर्व कन्द्रीय मन्त्री डा. हर्षवर्धन र सचिव हरिष द्विवेदी नेकपा एमालेको १० औँ महाधिवेशनमा अतिथीको रुपमा सहभागी हुनका लागि आउने भएका छन् ।

स्रोतका अनुसार अतिथिको रुपमा सहभागी हुनका लागि एमालेले भाजपालाई निमन्त्रणा पठाएको थियो । निमन्त्रणालाई स्वीकार गर्दै भाजपाले हर्षवर्धन र हरिषलाई पठाएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार महाधिवेशनका लागि भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिस्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, लेनिनवादी लिवरेशन पार्टीका प्रतिनिधि पनि आउने निश्चित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !