१५ बैशाख २०८१, शनिबार

काँग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा


विमलेन्द्र निधि

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको आसन्न १४ औँ महाधिवेशनमा निधिले औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बिहीबार काठमाडौँको नयाँ बानेश्वरस्थित आफ्नो सम्पर्क कार्यालयबाट उनले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले लोकतन्त्र प्राप्तिका लागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै आफूले जेलनेलको लामो शृङ्खला अनुभव गरेको बताए ।

विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा आफुले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको निधिले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !