७ बैशाख २०८१, शुक्रबार

विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाऔं : प्रमुख सचेतक भट्टराई


बिशाल भट्टराई

चितवन । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउनुपर्ने बताएका छन्।

नेता भट्टराईसहित पार्वत गुरुङ, हिक्मत कार्की, लीलबहादुर थापा, नारदमुनि राना, शान्ता चौधरी, रचना खड्कालगायतले विधान संशोधन गरेर दाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउनुपर्ने अभियान चलाएका छन् ।

भट्टराईले पदाधिकारीको संख्या आवश्यकताका आधारमा केही थप्ने र केन्द्रीय कमिटीको संख्या ३ सयको हाराहारीमा पुर्याउनुपर्ने माग गरेका छन् । त्यसो गर्दा झण्डै एक सय ६ जना नयाँ अनुहारहरु केन्द्रीय कमिटीमा पर्ने उनले बताए।

यसो गर्दा नयाँ पुस्ता पनि समेटिने र पार्टी अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत हुने भट्टराईको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !