६ बैशाख २०८१, बिहिबार

सबै पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ, मैले कमल थापालाई छाडेको होइन : रेखा थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा नायिका रेखा थापाले राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छिन् । मंसिर १५ देखि सुरु हुने महाधिवेशनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार आयोजित उम्मेदवारी घोषणामा नायिका थापा पनि सहभागी भइन् । रेखा थापा राप्रपाकी केन्द्रीय सदस्य हुन् । सबै पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ भन्ने बहस चलिरहेको भन्दै उनले राजेन्द्रजीलाई साथ दिएकी बताइन ।

महाधिवेशनमा लिङ्देनलाई साथ दिँदा कमल थापाको साथ छाडेको भन्ने अर्थमा नबुझ्न थापाले आग्रह गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !