१३ बैशाख २०८१, बिहिबार

जसपाको बैठकमै डा. भट्टराईले मागे मुख्यमन्त्री लालबाबु राउतको राजीनामा


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग गरिएको छ ।

पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको स्रोतले बतायो ।

मुख्यमन्त्री राउतले मन्त्रीबाट केही साता अघि मन्त्री रामनरेश रायलाई पदमुक्त गरेका थिए ।

स्रोतका अनुसार बैठकमा डा.बाबुराम भट्टराई र महेन्द्र यादव पक्षधर केही नेताले समेत मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !