६ बैशाख २०८१, बिहिबार

म प्रधानमन्त्रीभन्दा कम छैन : प्रचण्ड


प्रचण्ड

धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले आफू प्रधानमन्त्रीभन्दा कम नभएको दावी गरेका छन् ।

अध्यक्ष प्रचण्डले कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा आफू प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको दावी गरेका हुन् ।

प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’ प्रचण्डले आफूले भनेको नमान्दा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमाउनु परेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !