१४ बैशाख २०८१, शुक्रबार

धनगढी पुगेर प्रचण्डले भने- सुदूरपश्चिम प्रदेश सरकार अहिल्यै परिवर्तन हुँदैन


प्रचण्ड

कैलाली । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकार तत्कालको लागि परिवर्तन नहुने बताएका छन् । आज बुधबार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका हुन् ।

यस्तै प्रचण्डले तीन वटै तहको निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने बताएका छन् । नेपाली काँग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्ध हुँदैन’ भन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको उनले बताए ।

पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको भन्दै प्रचण्डले राष्ट्रिय सभाको रिक्त पदमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने पनि बताए। यस्तै उनले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको बताएका छन् ।

प्रचण्डले बाहिर जे बोले पनि भित्री रुपमा सबैले गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएको दाबी गरे । भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र पार्टीको कार्यक्रमका लागि अध्यक्ष दाहाल कैलाली आएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !