१३ बैशाख २०८१, बिहिबार

प्रधानन्यायाधीशको बहिर्गमनका लागि सहयोग गर्न सभामुखलाई बारको आग्रह


बार

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको बहिर्गमनका लागि सहयोग गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

स्रोतका अनुसार सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर नेपाल बारका पदाधिकारीहरुले प्रधानन्यायाधीशलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताएका हुन् ।

प्रधानन्यायाधीशले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष आएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !