१२ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री देउवाले आपूर्तिमन्त्री नपाएको भए हामी दिन तयार छौं : माधव नेपाल


माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री कोही नपाएको भए आफूहरु दिन तयार रहेको बताएका छन् ।

आइतबार बिहान भएको संयुक्त विद्यार्थी आन्दोलनका नेताहरुसँग भेटमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । स्रोतका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेर आन्दोलनरत विद्यार्थी नेताहरु नेता नेपालको ध्यानाकर्षण गराउन गएका थिए ।

स्रोतका अनुसार उक्त भेटघाटमा उनले जनतालाई मर्का पर्ने गरी मूल्यवृद्धि गर्न नहुने बताए। उनले यसबारे गठबन्धनका नेताहरुसँग छलफल गर्ने र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !