१३ आश्विन २०८१, आइतबार

अरुण तेस्रो योजना रोक्ने ओलीलाई कोइरालाको प्रश्न -“एमालेका वातावरणविद् कुन दुलोमा छन् ?”


doctor shikhar koirala

२२ चैत, काठमाण्डौ । नेपाली कांग्रेसको डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल होस भनेर शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले भारत र नेपालबिचको तिक्तता हटाउने अभिव्यक्ति दिएको र उक्त तिक्तता हटाउन सफल भए भ्रमण राम्रो हुने उनको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले दुई देशबिच विश्वासको वातावरण बनाउन सक्नुपर्ने बताए ।

भारतसँगको सहकार्यमा रेलमार्ग नेपालमा भित्रउने एजेण्डालाई प्रधानमन्त्री ओलीले प्राथमिकताका साथ उठाएको उल्लेख गर्दै कोइरालाले उक्त एजेण्डा ओलीले अघि सारेको नभै विगत धेरै वर्षअघिदेखिको एजेण्डा भएको बताए ।

“रेलमार्ग आउँछ । यसमा शंका गर्नुपर्दैन । भारतको ससंदमै त्यहाँका अर्थमन्त्रीवे दुई वर्षअघि नै वीरगंजमा रेल ल्याउने कुरा बोलेका थिए । अब नेपालले पनि गृहकार्य गर्नुपर्छ । भारतले गरेको कुरा ओलीले बोलेर हुँदैन ।” कोइरालाले भने ।

प्रधानमन्त्री ओलीले कतिपय योजना विज्ञहरुसँग सल्लाह नगरी हचुवाका भरमा सार्वजनिक गर्ने गरेको कोइरालाले बताए ।

अरुण तेस्रो योजना भारतको सहयोग नभै विश्वबैँकको ऋणबाट बनाउन खोज्दा एमालेका नेता र वातावरणविदले रोकेको स्मरण गराउँदै कोइरालाले एमालेको आलोचना गरे ।

“अरुण थ्रि कसले रोकेको हो ? गिरिजाप्रसाद कोइरालाले विश्व बैँकबाट ऋण लिएर अरुण थ्रि बनाउँछु भन्दा माधवकुमार नेपाल र केपी ओलीले रोकेको होइन ? त्यसबेलाका एमालेका वातवरणविद अहिले कहाँ गए ? कुन दुलोमा लुकेका छन् ? ” कोइरालाले भने ।

२३ वर्ष अगाडि अरुण तेस्रोलाई दिन लागिएको ऋण रोकिदिन विश्वबैँकलाई चिठी लेख्नेहरु नै अहिले भारतमा गएर संयुक्त शिलान्यास गर्न खोजेको बताए । शिलान्यास हुनु सकारात्मक भएको भन्दै कोइरालाले २३ वर्षसम्म एमालेले अन्धकारमा राखेको अरोप लगाए ।

“आजभन्दा १५ वर्ष पहिले नै अरुण थ्रि बन्थ्यो । तर एमालेले रोकेको हो । तपाई विकास र समृद्धिको कुरा धेरै गरिरहनुभएको छ । तर अरुण थ्रि रोक्ने को हो भनेर भन्न सक्नुहुन्न ? किन चपाई चपाई कुरा गर्नुहुन्छ ?” कोइरालाले धमलालाई प्रश्न गरे ।

अहिले गर्न लागेको शिलान्यास देशका लागि राम्रो भए पनि विगतमा एमालेले विकास विरोधी काम गरेको कुरा जनतालाई जानकारी गराउनुपर्ने उनको तर्क छ ।

“अरुण थ्रि आउनु राम्रो हो । तर त्यो बेला त्यही अरुण थ्रि रोक्नु एमालेको गल्ती हो ।” उनले भने ।

प्रधानमन्त्री केपी ओलीले कतिपय ठूला योजना आफ्ना कार्यकर्तालाई मात्र सुनाएको तर संसदलाई जानकारी नगराएकोप्रति आपत्ति प्रकट गरे ।

फरक प्रसंगमा कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गरे । अहिले पदाधिकारी थप्न लागेकोप्रति आक्रोष व्यक्त गर्दै कोइरालाले भने, “दुई वर्षसम्म सुतेर बस्नुभएको थियो ? जतिसुकै सामुहिक नेतृत्वको कुरा गरे पनि सभापति नै शक्तिशाली हुन्छ । भातृ संगठनहरु सबै उहाँकै गुटको छ तर सभापती मात्रै शक्तिशाली भएर भएन नि,पार्टी बलियो हुनुपर्छ ।”

अब जतिसक्दो छिटो महाधिवेशन गर्नुपर्ने कोइरालाको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु