६ बैशाख २०८१, बिहिबार

कास्कीका छवटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित


नेपाली कांग्रेस

कास्की । सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ ।

प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नं १(क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भए । यसैगरी १ को (ख)बाट कृष्णप्रसाद कोइराला निर्वाचित हुनुभएको कास्की कांग्रेसले जनाएको छ ।

क्षेत्र नं २ को (क)बाट दिनेश आचार्य सभापतिमा विजयी हुनुभयो । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टङ्कप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित भए ।

यसैगरी क्षेत्र नं २ को (ख)बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित भए । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिव सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजु र सुरेश खवास निर्वाचित भएका छन् ।

कास्की क्षेत्र नम्बर ३ को (क) बाट पुष्पेन्द्र पाण्डेले दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको छ । उपसभापतिमा मोतिराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गङ्गाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित भए ।

क्षेत्र नं ३ को (ख)बाट जीवनाथ पौडेल निर्वाचित भए । प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई-दुई जना निर्वाचित भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !