७ बैशाख २०८१, शुक्रबार

प्रदेश २ का मुख्यमन्त्री राउतले गरे उद्योगमन्त्री यादवलाई बर्खास्त


रामनरेश यादव

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश यादवलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री राउतले मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेपनि उनले अस्वीकार गरेपछि मन्त्री यादव बर्खास्त मा परेका हुन् ।

मुख्यमन्त्रीले मन्त्री यादवलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएपछि प्रदेश प्रमुखले साे मन्त्रालयकाे जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने गरी ताेकेका छन् ।

जनता समाजवादी पार्टीका नेता यादवलाई बर्खास्त गरेपछि साे मन्त्रालयको जिम्मेवारी नेकपा एकीकृत समाजवादीले पाउने भएकाे छ । समाजवादीका संसदीय दलका नेता शत्रुधन यादव मन्त्री बन्ने प्रवल सम्भावना रहेकाे छ ।

प्रदेश २ का मुख्यमन्त्री राउतले गरे उद्योगमन्त्री यादवलाई बर्खास्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !